कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिममा शोक बिदा

समाचार शेयर गर्नुहोस्

६ असार, काठमाडौं

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।

सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।

मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको