बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

६ असार,काठमाडाैं

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान ८ बजे  गलकोटबाट  सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा  दुर्घटना भएको हो।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

दुबै जनाकाे घट्नास्थलमै मृत्यु भएकाे डिएसपी केसीले जनाएकाे छ। जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो । भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको डिएसपी केसीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको