नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सांसद सिंहकाे माग

समाचार शेयर गर्नुहोस्

६ असार,काठमाडाैं

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका नागरिकमाथी प्रहरीले दमन गरेकाे बताएका छन् ।

नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सांसद सिंहले सरकारसँग माग गरे । बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए ।

“केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । साथसाथै, संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनशनमा बस्नुभएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाइज हुनुहुन्छ,” सांसद सिंहले भने, “एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने, त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुन व्यवहार भएको छ, त्यसको भर्त्सना गर्न चाहन्छु । किनकि, कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको