माेटरसाइकल र ट्रक ठाेक्किँदा एक जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

६ असार,काठमाडाैं

पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लमजुङ सुन्दरबजार नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। त्यस्तै मोटरसाइकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका २ मार्कीचोक घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका ३ का ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् ।

घाइते राजुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मुग्लिङबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ठोक्किई दुर्घटना भएको हाे।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको