बुधबार पनि शेयर बजार घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

बुधबार पनि शेयर बजार घटेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.०५ अंकले घटेको हो । ०.६८ प्रतिशतले बजार घट्दा नेप्से २०५०.७८ अंकमा झरेको छ ।

आज २७१ कम्पनीका ८६ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २ सय ६०.७८ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९८ प्रतिशतले घाटा व्यहोरेका छन् । यस्तै शिवम सिमेन्टकाे उच्च काराेबार भएकाे छ। उक्त कम्पनीकाे २३ करोड ६ लाख ४१ हजार ३ सय २७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको