प्रेमबहादुर चलाउनेकाे रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

आफुमाथि भएको साङ्घातिक हमलाका मूख्य आरोपित लगायत घटनामा संलग्नविरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । चलाउनेले बुधबार सर्वोच्च पुगेर रिट दर्ता गराएका थिए ।

आफूमाथि नेविसंघका कार्यकर्ताले कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णयविरूद्ध उनले सर्वोच्चमा रिट हालेका हुन्।अधिवक्ता सुरज बस्नेत, सुनिता राउत बस्नेत, स्वागत नेपाल, भरत खड्का लगायतले चलाउनेको पक्षमा रिट दायर गरेका थिए।

गत जेठ ३० गतेको मन्त्रिपरिषदको बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पुगेको हो।

चलाउनेलाई ०७७ असोज २० गते योगेन्द्रबहादुर रावल, हरिप्रसाद आचार्य, रुपेश शाह, रविन कुमार लामा, सयुज श्रेष्ठ, दीपकराज ओझासहितले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको