मेयर बालेन शाहविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको इजलासमा

समाचार शेयर गर्नुहोस्

७ असार,काठमाडाैं

सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ ।सिनेमा हल व्यवसायीहरू प्रितम घिमिरेलगायतले हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् ।सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।

‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद राखेको भन्दै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले कामपाभित्रका हलमा सोमबारबाट ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन रोक लगाएका थिए ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने  मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले हिजो मुद्दा दर्ता गराएका हुन् । बालेनको यही निर्णयको विरोध गर्दै हिजोमात्रै काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको