माओवादी केन्द्रले बाेलायाे केन्द्रीय समितिको बैठक

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् । बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौं महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी प्रदेशहरुलाई केन्द्रीय समिति बैठक अगाडि हिसाब मिलान गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको