भारतका प्रधानमन्त्री मोदीले अमेरिकी जिल बाइडेनलाई दिए हिरा उपहार

समाचार शेयर गर्नुहोस्

काठमाडौं, असार ७ गते।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई प्रयोगशालामा बनाएको हीरा उपहार दिएका छन् ।

अमेरिकाको तीनदिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७.५ क्यारेटको हीरा उपहार दिएका हुन्। मोदीले प्रदान गरेको हीरा वातवरण मैत्री हीरा हो।किनकि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टीकाे आयोजना गरेका थिए ।

उक्त पार्टीमा  उनीहरू तीन बीच विभिन्न विषयमा कुराकानीका साथै उपहार आदानप्रदान पनि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको