साढे ५ किलो लागुऔषध चरेससहित एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका  झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ।

चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको