भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्न गएका नगर प्रहरी फिर्ता

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्न फिल्म हलमा तैनाथ काठमाडौं महानगरपालिकाका नगर प्रहरी फिर्ता भएका छन् ।

कुनै पनि अवस्थामा काठमाडौंका हलमा हिन्दी फिल्म चल्न नदिने भन्दै कोठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले बिहीबार महानगरभित्रका हलहरुमा १०/१० जना नगर प्रहरी खटाएको थियो । तर, शुक्रबार बिहानै महानगरले सबै हलहरुबाट नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिका, नगर प्रहरी प्रमुख राजु पाण्डेले जनताले नै उक्त फिल्म बहिस्कार गरेपछि बन्द गरिराख्नुपर्ने जरुरी नभएकाले नगर प्रहरी फिर्ता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको