जिप दुर्घटनामा पाँच जनाकाे मृत्यु भएपछि लखन गाउँपालिकाले दियाे शाेक बिदा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेकाे छ। सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जिपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त दुर्घटनामा ५ जनाकाे मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जनाएको हाे।

‘शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर गएको सवारी साधन फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी तपसिल बमोजिमका ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएकाले यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै आज मिति २०८०।०३।०८ गते गाउँपालिका कार्यालय तथा मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरुमा समेत शोक बिदा गरिएको व्यहोरा जानकारी गरिन्छ,’सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको