परराष्ट्रमन्त्री साउदले जेल पुगेर भेटे बालकृष्ण खाणलाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी मुद्धामा जेलमा रहेका पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाइ परराष्ट्रमन्त्री एनपी साउदले भेटेका छन्। बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन्।

केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद र खाँणबीच आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो। भेटमा समसामयिक राजनीति, कांग्रेसको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको कारागार स्रोतले जनाएको छ।

यस्तै बिहीबार मन्त्री साउदका साथै कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाणलाई भेट्न सुन्धारा पुगेका थिए। उनीहरुले छुट्टाछुट्टै खाणलाई भेटेको कारागार स्रोतले जनाएको छ ।

खाँण र साउदबीच कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष हुँदाको गहिरो सम्बन्ध छ। २०४६ सालको जनआन्दोलनताका खाँण नेविसंघ अध्यक्ष थिए। खाँणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको