प्रधानमन्त्रीलाई प्रश्न : मधेशमा बजेट कम विनियाेजन गर्नुकाे कारण के हाे ?

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद अजयकुमार चौरासियाले मधेशमा बजेट कम विनियोजन गर्नुको कारण सोधेका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले ७० प्रतिशत राजस्व उठ्ने र जनसंख्या पनि अन्य प्रदेशभन्दा बढी भएको मधेशमा कम बजेट विनियोजन गरिएको  बताउँदै त्यसबारेमा प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

‘वीरगञ्ज प्राथमिकतामा किन परेन ? वीरगञ्ज सहर स्तरोन्नतीका लागि के कार्यक्रम आएको छ ? नारायणी उपक्षेत्रीय अपक्षेत्रीय अस्पताल,  ठाकूराम बहुमुखी क्याम्पस, आदर्शनगर र नारायणी रंगशालाको स्तरोन्नतीका लागि कति रकम विनियोजन भएको छ?,’ उनले प्रधानमन्त्रीलाई सोधे।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि यथेष्ट बजेट छुट्याइएको दाबी गरे।

‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले  वीरगञ्जको विकास सरकारको प्राथमिकतामा  रहेको बताए।

त्यस्तै नारायणी रंगशालामा आगामी वर्षका लागि १ करोड ५० लाख, नारायणी अस्पतालका लागि ४१ करोड ३० लाख, ठाकुरराम बहूमुखी क्याम्पसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत अनुदान जाने व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको