जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका स्थित छेडा खोलामा माछा मार्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो ।

बिहीबार दिउँसो ४ बजेतिर जाल हाल्न गएका उनीहरु हात समातेर खोला तर्ने क्रममा जालको डोरी बेह्रिएर उठ्न नसकेपछि डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।

प्रहरीका अनुसार शिवालय गाउँपालिका ९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको हाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको