लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाण्डौ उपत्यकामा लागुऔषधकाे अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जर्मनका नागरिक पाउल वेर्स्ट, चितवनका  महेश चौध्री, काठमाण्डाै चन्द्रागिरिका सुगम मैनाली, काठमाण्डाैकै मुखिया गुरुङ, मोरङका बच्चन भनिने राज गौतम, चेक रिपब्लिकका  मार्टिना सेर्ना,  इटालियन नागरिक डेभिडमिनाडिओ, धादिङ रुबीभ्यालीका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू, भारतकाे बिहारका हेमन्तकुमार भगत र सञ्जीव कुमार रहेका छन्। उनिहरूलाइ खैराे हिराेइन, चरेस, कोडिन, कोकिन,  गाँजा लगायतका लागुऔषधकाे काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ गरिएकाे हाे ।

उनीहरुबाट बरामद भएकाे  लागुऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको