शिक्षा शाखा प्रमुखलाई कुटपिट गरेकाे र कागजपत्र च्यातेकाे आराेपमा वडा अध्यक्ष पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् ।

वडा अध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए।

शिक्षा शाखा प्रमुख सुमन पाण्डेलाई कुटपिट गरेकाे र कागजपत्र च्यातेकाे आराेप लागेकाे छ। शाखा प्रमुख पाण्डेले वडा अध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। वडा अध्यक्ष वलीलाई जाहेरीका आधारमा पक्राउ गरिएको र आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी गौतमले जानकारी दिए।

वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेकाे उजुरी प्रहरी कार्यालयमा परेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको