सुन जस्ताे देखिने दुई किलो धातुसहित एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सुन जस्ताे देखिने दुई किलो धातुसहित लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट दाङको घोराहि नगरपालिका-१० का हुमानन्द गिरिलाई प्रहरीले शनिबार राति पक्राउ गरेकाे छ।

नेपालबाट भारत तर्फ जाँदै गरेको  बा.१२ च.३८२० नं. को मारुती सुजुकी कारलाई विशेष सुचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर सुन जस्तो देखिने धातु फेला गरेको हो।

पक्राउ परेका गिरिलाई भैरहवा  भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको