ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्नु बालेनकाे बालापन हाे : जसपा प्रवक्ता

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा बन्द गराउनु सकारात्मक नभएकाे टिप्पणी गरेका छन्।

उनले भने ‘सिनेमा मनोरञ्जनको साधन हो । सिनेमाले मनोरञ्जनका साथ ज्ञान पनि दिन्छ । हिन्दी सिनेमा विश्वमै उत्कृष्ट छ । तथ्यले पनि भन्छ, काठमाडौंका दर्शकले नेपालीपछि हिन्दी च्यानल, हिन्दी टीभी सिरियल, हिन्दी सिनेमा बढी रुचाउँछन् । आदिपुरुषले गलत तथ्य प्रस्तुत गरेको छ भनेर भारतले स्विकारिसकेको अवस्थामा हिन्दी सिनेमा रोक्नु पूरै दादागिरी मात्र हो । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्नुस् । दर्शकको मनको सम्मान नगर्नु सनक मात्र हो । अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । कानुनमाथि कोही छैन । बालेनजी को हो र ?’

ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको पनि उनले दोहोर्याए । उनले भने, ‘संविधानमा कोरिएको नक्सा नै नेपालको नक्सा हो । अरु नक्सा टाँग्नु बालेनको बालापन हो । छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु खेदजनक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको