दाङकाे तुलसीपुरमा सर्पकाे टाेकाइबाट एक किशाेरीकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

असार १०,काठमाडाैं

दाङकाे तुलसीपुरमा सर्पले डस्दा तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको ज्यान गएको प्रहरी जनाएकाे छ।

वलीलाई घरमा सुतिरहेको समयमा हिजाे दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकाे थियाे ।

उनलाई थप उपचारका लागि नेपालगञ्जकाे भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको