क्रिकेट टाेलीलाई ओलीले भने: नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

जिम्बाम्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले निराश नहुन आग्रह गरेका छन्।

मेहनतका बाबजुद पनि परिणाम नआएको भन्दै उनले निराश नहुन नेपाली खेलाडीहरूलाई आग्रह गरेका हुन्। साथै ओलीले नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी  भेट्ने पनि उल्लेख गरेका छन्।

‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरेँ।  मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ।  मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन’, सामाजिक सञ्जालमा ओलीले लेखेका छन्’, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको