पाेखरा महानगरपालिकामा चट्याङ लागेर एक जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

असार १०, काठमाडाैं,

पाेखरा महानगरपालिकामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ।

शनिबार राति साढे ११ बजेतिर चट्याङ लागेर पाेखरा–२३ हर्पनका ४९ वर्षीय  देवबहादुर बिकको मृत्यु भएको प्रहरीले जानकारी दिए।ढुङ्गा र माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा उनी चट्याङ लागेर बेहोश भई ढलेका थिए।

तत्कालै अस्थायी प्रहरी पोस्ट बाम्दीबाट खटिएको प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारक लागि मेट्रोसिटी अस्पतालमा पठाएको थियो। उपचारकै क्रममा राति साढे दुई बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको