‘राष्ट्रपति र उपराष्ट्रपतिका लागि एक जना पनि सल्लाहकार चाहिँदैन’ : सांसद पन्त

समाचार शेयर गर्नुहोस्

असार १०, काठमाडाैं

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताएका हुन्।

पन्तले भने,  ‘राष्ट्रपति र उपराष्ट्रपतिका लागि एक जना पनि सल्लाहकार चाहिँदैन। भारतमा १५ जना राष्ट्रपति हुँदा अहिलेसम्म कसैले पनि सल्लाहकार राखेनन्। हाम्रोमा किन चाहियो? हाम्रो त उपराष्ट्रपतिले पनि परराष्ट्र मामिलाको सल्लाहकार राखिएको छ। उनीहरूलाई दिने सेवा सुविधा राज्यको धनको दुरुपयोग हो।’

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐनमा ७ र ५ जना सल्लाकाकार राख्न पाउने प्रावधान कटौती गर्न संशोधन विधेयक ल्याउन उनले सरकारलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको