देशभरका स्थानिय तहले आज बजेट सार्वजनिक गर्दै

समाचार शेयर गर्नुहोस्

असार १०, काठमाडाैं

आज देशैभरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैैछन् ।  मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते  स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ  ।

यसअघि दशवटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको