मेयर बालेन विरूद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको अदालतको अवहेलना सम्बन्धिको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी परेको छ ।

मेयर शाहले अदालतको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दर्ता गराएकी थिइन् ।

केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।

यस्तै उनले उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको