संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गरौं : रमेश लेखक

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए । उनले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने बताए । उनले बजेटको सवालमा संसदको भूमिका निर्धारण गर्न जरुरी रहेको बताए ।

उनले हाल भएको अवधारणालाई परिमार्जन गरेर संसदबाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने बताए । यद्यपि सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाइ छ ।

उनले सांसदहरु बिकासको प्रतिनिधि हो कि कानुन निर्माणको जिम्मा लिएर आएको हो भन्ने कुरामा पनि स्पष्टता हुन नसकेको बताए । सांसदहरु चुनाव लड्दा बिकासका कुरा गरेर लड्ने तर संसदमा पुगिसकेपछि कानुन निर्माताको रुपमा परिभाषित हुने गरेको भन्दै उनले यो विरोधाभाषलाई स्पष्ट पार्नुपर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको