आगामी मंगलबार चार दिने भ्रमणमा चिन जादैँ गृहमन्त्री श्रेष्ठ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन्।  उनि आगामी मंगलबार चार दिने भ्रमणको क्रममा चीन जान लागेका हुन्। श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन्।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन्। उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाईएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ। उनी शुक्रबार स्वदेश फर्कने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको