३० लाख सापटी दिएर एक कराेड २६ लाख लिने ‘मिटरब्याजी’ पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

ललितपुरमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जन रहेका छन्।

प्रहरिका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर-११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ दिएका थिए। सापटी रकम फिर्ता लिँदा भने उनले एक करोड २६ लाख रुपैयाँ सावा भन्दा बढी लिएर अनुचित लेनदेन गर्न नहुने कसुर गरेको प्रहरीले जनाएको छ। त्यसरी अनुचित लाभ लिएको भन्ने उजुरी परेपछि परिसरले उनलाई गत शुक्रबार ललिपुर १४ जुपिटरटाेलस्थित घरबाट पक्राउ गरेकाे थियाे।

उनकाे घरकाे तलासी लिँदा ७ कराेड २९ हजार ७७ हजार बराबरकाे विभिन्न व्यक्तिहरूकाे नामकाे तमसुक २३ वटा बरमद भएकाे प्रहरीले जनाएकाे छ। त्यस्तै विभिन्न बैंक तथा सहकारी समेतकाे एक कराेड ३४ लाख रूपैँया बराबरकाे ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत उनकाे घरबाट बरामद भएकाे छ।

उनिमाथी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको