भारतको ओडिशाको गञ्जम जिल्लामा बस दुर्घटनामा ११ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

भारतको ओडिशाको गञ्जम जिल्लामा  गएराती भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

दुर्घटनामा आठ जना यात्रु गम्भीर घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरूलाई ओडिशाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको