सुनकाे मुल्य २०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं।

नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको