सुनको जलहरी सम्बन्धमा संसदमा फेरि उठ्याे आवाज

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा संसदमा फेरि आवाज उठेको छ ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद दिपेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भएको र जोख्ने तौलने काम भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग गरेका छन्।
‘पशुपतिको गर्भगृहमा रहेको जलहरीको विषयमा संसदमा निकै चर्चा भयो, आज पनि मिडियामा प्रश्न उठेको छ। भएको के हो ? पशुपति विकास कोष, प्रहरी, सुनचाँदी व्यवसायी, पुरात्त्व र नापतौल विभाग तथा जनप्रतिनिधिले सुन खोजेर तौल्दै हुनुहुन्छ भन्ने सुन्यौं’ पौडेलले भने, ‘कति सुन हराएको हो, कति बाँकी छ, के स्थिति हो ? ट्रकमा ल्याएको सामानजस्तो होइन होला । सत्य तथ्य सदनमा जानकारी गराइयोस् ।’ जलहरी प्रकरणमा हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरीको नापजाँच गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको