अध्यक्ष तिमिल्सिना र दक्षिण काेरियाका राजदुतबिच शिष्टाचार भेट

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राष्ट्रिय सभाका  अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदुत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार राष्ट्रियसभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामामा दुईदेशबीचको सम्बन्धबारे विस्तृत रूपमा छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताए।

उनले भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने र पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।

अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि नवनियुक्त कोरियाली राजदूतसँग शिष्टाचार भेट भयो। दुई देशको सम्बन्धका बारेमा विस्तृत रूपमा हामीले छलफल गर्‍यौँ। यसले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने, नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा उहाँ उत्साहित हुनुहुन्छ। कोरियामा नेपाल एयरलाइन्सलाई अब उडान भर्नुपर्छ भन्नेकुरामा पनि छलफल भयो। यसले आवागमनमा सहज हुनेछ भन्ने छलफल भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको