काेशीका मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिने तयारी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।

गत जेठ १७ गते प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक रुपमा संकटमा परेका मुख्यमन्त्री कार्कीले यही असार १४ गतेलाई विशेष अधिवेशन बोलाउने तयारी गरेका छन् ।

संविधान अनुसार सत्ता साझेदार कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा प्रदेशसभाबाट पुनः विश्सासको मत लिनुपर्ने हुन्छ।ऐनको सोही व्यवस्था बमोजिम यही असार १४ गतेका लागि विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई शिफारिस गर्ने तयारी गरेका छन्।

कोशी सरकारमा सहभागी भएको माओवादी केन्द्रले पनि गत जेठ ३० गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन पाएका कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसदको आवश्यक्ता पर्दछ ।

कार्कीलाई आफ्नो सरकार टिकाउन एक सांसद आवश्यक पर्छ । अल्पमतमा परेको हिक्मत कार्की नेतृत्वको सरकार अन्य दलहरूलाई फकाउने र बहुमत पुर्‍याउने तयारीमा एमाले लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको