शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।

प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबीका एक अधिकृतले बताए ।उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको