कार र ट्रक एक आपसमा ठोक्किदा बाबुछाेरीकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मोरङ उर्लाबारीका ४५ वर्षीय बाबु गुरुचन चौधरी र १८ बर्षिय छाेरी कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका बाबु-छोरीलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो।उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार उनीहरूको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको