त्रीभुवन विमानस्थलमा अब एक जना यात्रुकाे बिदाइ तथा स्वागतका लागी तिन जनामात्रै जान पाइने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, असार १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने विमानस्थल सुरक्षा समितिले निर्णय गरेकाे छ।

आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेकोकाले अब एक जना यात्रुकाे बिदाइ तथा स्वागतका लागी तिन मात्रै जान पाइने विमानस्थल सुरक्षा समितिले निर्णय गरेकाे हाे।

ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको