निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपान्तरण नगर्न सुर्य थापाकाे चेतावनी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्याङ्क कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र विरोधी रहेकाे बताएका छन्। यस्तै उनले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताए ।

‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ । यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ । तर यो सुनुवाइ भएन । त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ । यो लोकतन्त्र विरोधी छ,’थापाले भने, ‘लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभूतिको मूल मर्मविपरीत छ । यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरू कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको