आज नेप्से ५६.९४ अंकले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

सोमबार दोहोरो अंकले बढेको नेप्से आज (मङ्गलबार) उच्च अंकले बढेकाे छ। आज (मङ्गलबार) नेप्से ५६.९४ अंकले बढेर दुई हजार एक सय ८६ दशमलब ३१ विन्दुमा बन्द भएको छ ।

आज ५ अर्ब ४७ करोड ६२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज २५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै आज सात वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्रीय संस्थाको भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको