जबरजस्ती करणीसँगै कुटपिट गरेकाे आराेपमा मेडिकल सञ्चालक पक्राउ

समाचार शेयर गर्नुहोस्

१२ असार, काठमाडाैं

कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालबाट मेडिकल सञ्चालक ४६ वर्षीय हरकसिंह महरालाइ बलात्कार गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाइ प्रहरीले साेमबार साँझ पक्राउ गरेकाे हाे।

पीडित महिलाले नै जिल्ला प्रहरीमा जबर्जस्ती करणीसँगै कुटपिट गरेको भन्दै जाहेरी दिएको आधारमा महरालाइ पक्राउ गरिएकाे प्रहरीले जानकारी  दिए।

प्रहरीको अनुसन्धान अनुसार महराले आफ्नै मेडिकलमा उपचारका लागी आएकी स्थानीय महिलामाथी जबरजस्ती करणी गरेकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको