रोजगारीमा विदेश जाने नेपाली नागरिकलाई एयरपोर्टबाटै ट्रयाकिङ गर्ने व्यवस्था गरियाेस् : सांसद पाैडेल

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रोजगारीमा विदेश जाने नेपालीलाई सरकारले एयरपोर्टबाटै ट्रयाकिङ गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्न उनले माग गरेका हुन्।

उनले भने ‘कतिपय नेपालीको विदेशमा मृत्यु हुन्छ, तर त्यसको जानकारी नेपाललाई वा उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको बर्षौ पछि मात्रै थाहा हुन्छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टदेखि नै ट्र्याकिङ गर्ने व्यवस्था गरियोस् ।’

उनले अगाडी थपे,’कहाँ गएको हो? पुग्यो पुगेन? सम्झौता अनुसार काम पायो पाएन? बिरामी भयो कि? कुनै दुर्घटना वा विपद्‌मा पर्‍यो कि? एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्नुपर्‍यो,’

सरकारले विदेश गएका नेपालीको सन्दर्भमा परराष्ट्र मन्त्रालय, सम्बन्धित देशको दूतावास र श्रममन्त्रालयमा सबैतिर सहयोग गर्ने डेस्क निर्माण गर्न पनि उनले अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको