ललिता निवास प्रकरणमा परेका गुरूङसहित चार जनालाई म्याद थपका लागि अदालत लगियो

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

यस प्रकरणमा सीआईबीले पक्राउ गरेको सातमध्ये तीन जनालाई भने कागज गरेर छोडेको छ। पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिए पनि केही घण्टामै कागज गरेर छाडिएको थियो।

आज सार्वजनिक हुनेमा काठमाडौँ महानगरपालिका–६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौँ महानगरपालिका–७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का ६० वर्षीय गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का ६८ वर्षीय सुधीर शाह छन् ।

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ।

२०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको सीआईबीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको