चिनमा भुकम्पको धक्का, १० जना घाइते

काठमाडौँ, २१ साउन

चीनको शानडोङ प्रान्तमा भूकम्प गएको छ ।स्थानिय समय अनुसार शनिबार राति २ः३० बजे देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टरस्केलको भूकम्प गएको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ,जसमा कम्तीमा १० जना घाइते भएका छन्। चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।

यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like