शेयर बजारमा ३१.८० अंकको गिरावट

काठमाडौं,३० साउन

हप्ताको तेस्रो दिन (मंगलबार) शेयर बजार उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा कायम भएको छ ।

आज बजारमा ५६ लाख ३ हजार १७९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज गत दिनको तुलनामा कारोबार रकम भने घटेको छ ।

त्यस्तै, आजको कारोबारमा ईमर्जिङ नेपाल लिमिटेड, नेपाल बैंक डेबेन्चर २०७८ र स्केलिस हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएको छ भने हिमालयन डिस्टीलिरी र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

उपसमूहतर्फ म्युचुअल फण्ड बाहेकका १२ समूहको शेयर मूल्य घटेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like