सेयर बजार ८ अंकले बढ्यो

काठमाडौँ,३२ साउन

साताको अन्तिम दिन (बिहीबार) सेयर बजार ८ अंकले बढेको छ ।

गत तीन कारोबार दिन लगातार घटेको बजार चौँथो कारोबार दिन बढेर २०३३.१३ विन्दुमा बन्द भएको छ ।यस दिन १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like