राहत शिक्षक हरू अाज पनि बिराेधमा

१० असोज, काठमाडौं । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

माइतीघर नयाँबानेश्वर सडकखण्डमा शिक्षकहरुले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like