नेपाल ५ विकेटले बिजयी

काठमाण्डाै

त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। यस्तै, रोहित पौडेलले ४७ रन बनाए। चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन बनाए।

नेपालले सुरुवातमै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ३ ओभर नखेल्दै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल आउट भएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ लाइन सम्हालेका थिए।

आसिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले उत्कृष्ट सुरुवात गरे। पहिलो बललाई नै बाउन्ड्री पुर्‍याएका दीपेन्द्रले १५ बलमा १ छक्का र ६ चौका प्रहार गरे। नेपालविरुद्ध यूएईका मुहम्मद जावदुल्लाहले २ तथा अकिफ राजा र अलि नासीरले १–१ विकेट लिए। नेपालका १ जना ब्याटर ९कुशल मल्ल० रनआउट भएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like