प्रसाईको आन्दोलन पतन उन्मुख, संगठन प्रमुख कै राजिनामा

समाचार शेयर गर्नुहोस्

स्वतन्त्र अभियानले महा अभियान छाड्यो ।

१० गते, महा अभियानबाट स्वतन्त्र अभियान प्रमुख हरि कार्की बाहिरिनु भएको छ।

विगत १५ महिनादेखि स्वतन्त्र अभियान तथा राष्ट्र राष्ट्रिय र धर्म संस्कृति नागरिक बचाउ महा अभियानले संयुक्त रुपमा जागरणको कार्यक्रमहरू जागरणका कार्यक्रमहरू गर्दै आइरहेको थियो ।

मुद्दालाई आधार बनाएर २०७९ मङ्सिर १९ गतेदेखि आन्दोलन गरेको स्वतन्त्र अभियानले फागुन १ गते दुर्गा प्रसाई नेतृत्वमा महा अभियान सुरु भएपछि संयुक्त रुपमा कार्यक्रम गर्ने गरी सहमति भएको थियो। करिब तीन महिनापछि महा अभियान सुरु भएपनि मिडिया ध्यान पुगेका कारण वित्तीय मुद्दालाई सँगै लाने निर्णय भएको जानकारी स्वतन्त्र अभियान सचिव बिनोद गिरी जीले टेलिफोन मार्फत बताउनुभयो।

यसैबीच एउटै ब्यानर अन्तर्गत कार्यक्रम गर्ने उद्देश्य का साथ सहकार्य गरेका हरि कार्की ले अभियान बाट राजीनामा दिई आफ्नो स्वतन्त्र अभियानलाई सञ्चालन गर्ने जानकारी राजीनामा पत्र मार्फत जानकारी दिनुभएको छ। आफ्नो स्वतन्त्र अभियान मा दाग लाग्ने सम्भावना देखेपछि कार्की पछि हटेको बुझिन्छ।

राजीनामाको कारण प्रष्ट नभए पनि संयुक्त कार्यक्रम गर्ने सहमति अनुसार अभियान नहिडेको, नारायणी प्रमुख बिजय तिमल्सिना, डिपि बजगाई, राजेन्द्र लाखा, बिजय खड्गी, लिखित श्रेष्ठ , राजा नन्द माण्डव्य का साथै चितवन अध्यक्ष मेगराज पौडेल लगायत का इमान्दार कर्मनिष्ठ अभियान्तालाई अकारण पार्टी का ट्याग भिराइ साधारण सदस्यसमेत नरहने गरि कार्बाही गरेको लगायतका कारण राजीनामा आएको भन्ने जानकारी केही महा अभियानका नेतृत्व गर्ने व्यक्तिहरूले बताउनुभएको छ।

कार्कीका अनुसार देशैभरिबाट अभियान्ताहरू बोलाई राजीनामाको बारेमा प्रष्ट पार्ने बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *