एक नागरिकले उर्लदो भेलमा नारायणी पुल बाट फाल हाने

समाचार शेयर गर्नुहोस्

चितवन- नारायणगढ स्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।

हाम फालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *