नेशनल लाइफको चमत्कारिक प्रगति, प्रथम बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा उक्लियो

जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। प्रथम बीमाशुल्कका आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो। कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमाशुल्क ४ अर्बभन्दा माथि पुर्याउन सफल भएको छ। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको र थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता उत्साहित र विश्वस्त रहेको कम्पनीले जनाएको छ।

बीमा समितिको सूत्रअनुसार एलआईसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाइफको रु. ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो। त्यस्तै नवीकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा ९ अर्ब २६ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो।

सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ। नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो। सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बीमाशुल्क आम्दानी गरेको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like