महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति?

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिसम्मको बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ। यो हिसाब बैंकले १६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा ६७.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६० करोड ९९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म बैंकको रिजर्भको आकार पनि ११.१४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

बैंकको निष्क्रिय कर्जा पनि २.८० प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ। आधार दर भने ९.९५ प्रतिशतबाट घटेर ७.२८ प्रतिशतमा सीमित बनेको छ।

चुक्तापुँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २१.९३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म ईपीएस १३.९५ रुपैयाँ रहेको थियो। पीई रेसियो २०.२९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ रहेको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like